यसै उपन्यासबाट...
त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता !
म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो
आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ ।
त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य
हो ।
गुरु आफ्नो मूल्यलाई साना–साना टुक्राहरूमा
बाँडेर संसारभर फिँजाउन चाहनुहुन्छ । म उहाँको
एक सानो टुक्रा मूल्य हुँ, जुन मेरो आफ्नो मूल्य
होइन । आदिमाता, मेरो वास्तविक मूल्य कसैले
तोकिसकेको छ, म यही एउटा मूल्य अनुभव गर्छु...